Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

भारतमा रेल दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

१० माघ २०८१, बिहीबार ०५:१२

१० माघ, काठमाडौँ। भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ नेपालीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो दुर्घटनामा नेपालका बासिन्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको हो। तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन।

बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो। यहीबीच रेलको कुनै डिब्बामा आगो लागेको अफवाह फैलिएपछि डरले यात्रुहरू ट्र्याकको अर्को छेउमा हाम फाले।

जति बेला अर्को रेल कर्नाटक एक्सप्रेस त्यही ट्र्याक भएर आउँदै थियो, जसले किच्दा उल्लिखित ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यीमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको छ। जसमा तीन नेपालीबाहेक अन्य ४ जनामा ज्वाकला भाटे (उमेर ५०), नसिरुद्दिन बद्रुद्दीन सिद्दीकी (उमेर लगभग २० वर्ष, गोंडा निवासी), इन्तेजाज अली (उमेर ३५ वर्ष, गुलरिहा उत्तर प्रदेश निवासी) र बाबु खान (लगभग ३० वर्ष) छन्।

प्रतिक्रिया दिनुहोस्