Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

भारतमा रेल दुर्घटना हुँदा तीन नेपालीको मृत्यु

१० माघ २०८१, बिहीबार ०५:१२

१० माघ, काठमाडौँ। भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ नेपालीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो दुर्घटनामा नेपालका बासिन्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको हो। तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन।

बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो। यहीबीच रेलको कुनै डिब्बामा आगो लागेको अफवाह फैलिएपछि डरले यात्रुहरू ट्र्याकको अर्को छेउमा हाम फाले।

जति बेला अर्को रेल कर्नाटक एक्सप्रेस त्यही ट्र्याक भएर आउँदै थियो, जसले किच्दा उल्लिखित ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यीमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको छ। जसमा तीन नेपालीबाहेक अन्य ४ जनामा ज्वाकला भाटे (उमेर ५०), नसिरुद्दिन बद्रुद्दीन सिद्दीकी (उमेर लगभग २० वर्ष, गोंडा निवासी), इन्तेजाज अली (उमेर ३५ वर्ष, गुलरिहा उत्तर प्रदेश निवासी) र बाबु खान (लगभग ३० वर्ष) छन्।

प्रतिक्रिया दिनुहोस्