Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

रुपन्देहीमा आजदेखि रवि लामिछानेको थुनछेक बहस

१० माघ २०८१, बिहीबार ०५:१९

१० माघ, काठमाडौँ। बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ।

जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्नेछन्।

लामिछानेसँग बयान लिएका जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीले थुनछेक बाँकी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश गरेका थिए । अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले लामिछानेलाई श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायी नारायणदत्त कँडेलको जिम्मा लगाएको र आज थुनछेक बहस हुने बताए ।

रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेलले बहस गर्नेछन्। उनी बुधबार नै भैरहवा आइपुगेका छन् भने नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायीले पनि बहस गर्नेछन्। रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ।

सुप्रिम सहकारीको बचत अपचलन मुद्दाका लागि लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए। न्यायाधीश योगीले दिउँसो २ बजेदेखि लामिछानेसँग बयान लिएका थिए। बयान सकिएपछि लामिछानेलाई बिहीबार बिहान १० बजे हाजिर हुनेगरी श्रीमती र वकिलको जिम्मा लगाएर पठाइएको थियो।

यसअघि कास्की र काठमाडौं अदालतमा भएको थुनछेक बहसमा लामिछानेलाई धरौटीमा छाडिएको थियो। कास्की अदालतले लामिछानेलाई ६५ लाख र काठमाडौं अदालतले ६० लाख धरौटीमा छाडेको थियो।

प्रतिक्रिया दिनुहोस्