Trending
रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |     नेपाल र चीनबीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता     |     लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा टिनु योहान्नान     |     प्रधानमन्त्री कार्कीद्वारा नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन आह्वान     |     ‘समयअघिनै जन्मिएका शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्छ’     |     नेपालद्वारा माल्दिभ्स पराजित     |    
समाचार

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

१० माघ २०८१, बिहीबार ०७:५४

१० माघ,काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी छन् ।मन्त्री डा. राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गरिन् । गएराति भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्