Trending
कर्णालीमा लोक सेवा आयोग अध्यक्षविहीन     |     कालीकोटमा बालविवाह विरुद्ध समिति गठन     |     फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन     |     ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट     |     संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक     |     प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट     |     बराहतालमा नेपाल टेलिकमको टावर अनियमित     |     अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो     |     सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?     |     ‘कोशेढुंगा’ चलचित्रको तीज गीत सार्वजनिक     |    
समाचार

रवि लामिछानेविरुद्धकाे मुद्दामा थुनछेक बहस जारी

१० माघ २०८१, बिहीबार ०७:५९

१० माघ,काठमाडौं। रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध समेत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनछेक बहस जारी छ ।

बुधबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थिए।

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ, आजबाट कानुन ब्यावसायीहरूले थुनछेक बहसमा सहभागी हुनेछन्।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुँदैछन्। कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाइ कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो।

प्रतिक्रिया दिनुहोस्