Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

सांसद एकनाथ ढकालले भेटे सयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन

१० माघ २०८१, बिहीबार ०८:३९

१० माघ,काठमाडौं। संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेट गरेका छन्।

न्युयोर्कस्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शुभकामना सन्देश दिए ।

महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको महत्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शपथग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वासिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसँग समेत भेट गरेका थिए । पूर्वमन्त्री ढकालले क्यपिटल हिलमा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डुलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्टलगायतसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्