Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सांसद एकनाथ ढकालले भेटे सयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन

१० माघ २०८१, बिहीबार ०८:३९

१० माघ,काठमाडौं। संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेट गरेका छन्।

न्युयोर्कस्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शुभकामना सन्देश दिए ।

महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको महत्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्र संघको सदैव सदभाव रहने बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको शपथग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वासिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसँग समेत भेट गरेका थिए । पूर्वमन्त्री ढकालले क्यपिटल हिलमा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डुलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्टलगायतसँग छुट्टाछुट्टै कुराकानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्