Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आफैँलाई गोली हानेका प्रहरीको मृत्यु

१२ माघ २०८१, शनिबार ०५:३५

१२ माघ, कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

उपचारका क्रममा कैलालीको निःशर्ग अस्पतालमा शुक्रबार उनको मृत्यु भएक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए।

माघ ९ गते बुधबार राति हतियार राखिने ठाउँमा ड्युटीमा रहेका बेला विष्टले आफ्नो टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि कैलालीको निःशर्ग अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्