Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

आफैँलाई गोली हानेका प्रहरीको मृत्यु

१२ माघ २०८१, शनिबार ०५:३५

१२ माघ, कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

उपचारका क्रममा कैलालीको निःशर्ग अस्पतालमा शुक्रबार उनको मृत्यु भएक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए।

माघ ९ गते बुधबार राति हतियार राखिने ठाउँमा ड्युटीमा रहेका बेला विष्टले आफ्नो टाउकोमा गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि कैलालीको निःशर्ग अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्