Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा सुरु

१२ माघ २०८१, शनिबार ०५:४२

१२ माघ,वीरगन्ज। जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।

आज शनिवार पर्साको वीरगन्ज स्थित पूजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

उनले भने, “हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ । बैठकमा विभिन्न राजनीतिक,सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिइनेछ ।

बैठकमा केन्द्रीय अध्यक्ष राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा महिलामन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ, उपाध्यक्ष रनध्वज कन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झाको सहभागि रहेको छ ।

उक्त बैठक आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्