Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

माओवादी अरूको वैशाखी टेक्ने होइन, बरू अरूलाई टेकाउने पार्टी हो: प्रचण्ड

१२ माघ २०८१, शनिबार ०६:४७

१२ माघ,दाङ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताएका छन्।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताए।

अध्यक्ष प्रचण्डले भने,‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्नका लागि एक्लै निर्वाचनमा जान्छ, कसैको साथ लिँदैन। माओवादी अरूको वैशाखी टेक्ने होइन, बरू अरूलाई टेकाउने पार्टी हो।’ उनले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको पनि बताए।

माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भने,‘माओवादी सत्ताका लागि मरिहत्ते गर्ने पार्टी होइन फरक पार्टी हो। कामबाट नै त्यो पुष्टि भइरहेको छ। माओवादीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको छ। सत्ताको खेलमा छैन।’

प्रतिक्रिया दिनुहोस्