Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

एपीएफले जित्यो प्रधानमन्त्री टि-२० कप

१२ माघ २०८१, शनिबार ११:०६

१२ माघ, कैलाली। धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफ क्लबले जितेको छ ।

सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकाल्दै विभागीय टोली एपीएफ च्याम्पियन बनेको हो । शनिबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित ४३ र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाएकी थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा भएको प्रतियोगितामा ९ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्