Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
खेलकुद

एपीएफले जित्यो प्रधानमन्त्री टि-२० कप

१२ माघ २०८१, शनिबार ११:०६

१२ माघ, कैलाली। धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगीताको उपाधि एपिएफ क्लबले जितेको छ ।

सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकाल्दै विभागीय टोली एपीएफ च्याम्पियन बनेको हो । शनिबार धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित ४३ र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाएकी थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनमा भएको प्रतियोगितामा ९ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्