Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

१३ माघ २०८१, आईतवार ०५:४५

१३ माघ, काठमाडौँ। आसन्न संसदको हिउँदे अधिवेशनको सन्दर्भमा सभामुख देवराज घिमिरेले विभिन्न बैठक राखेका छन् । यही माघ १८ गतेबाट हिउँदे अधिवेशन आव्हान भएको छ ।

आज बिहान ११ बजे सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकसँग छलफल हुने भएको छ । आजै दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने कार्यतालिका छ ।

भोलि बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल हुनेछ भने मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्