Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

पाथीभरा केबलकार प्रकरण : विराटनगरमा उपचारत तीन घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

१३ माघ २०८१, आईतवार ०५:५५

१३ माघ, काठमाडौँ। ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

विराटनगरको नोबेल अस्पतालमा उपचारत तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको एक आन्दोलनकारीले जानकारी दिए ।

घाइते याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौँ लैजाने तयारी रहेको छ। पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार अपरान्ह र साँझ गरी केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। सो क्रममा गम्भीर भएका तीन जनालाई थप उपचारका लागि शनिबार राति नै विराटनगरतर्फ पठाइएको थियो।

सुरक्षाकर्मीले चलाएको गोली लागि ‘नो केबलकार पक्षधर’ गम्भीर घाइते भएको मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए। जिल्ला प्रहरी प्रमुख रावलले झडपका क्रममा घाइते नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका ४ गरी ७ जना सुरक्षाकर्मीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

झडपका क्रममा दुवै पक्षका गरी करिब २५ जना घाइते भएको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्