Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

पाथीभरा केबलकार प्रकरण : विराटनगरमा उपचारत तीन घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी

१३ माघ २०८१, आईतवार ०५:५५

१३ माघ, काठमाडौँ। ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

विराटनगरको नोबेल अस्पतालमा उपचारत तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको एक आन्दोलनकारीले जानकारी दिए ।

घाइते याम लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौँ लैजाने तयारी रहेको छ। पाथीभरा क्षेत्रको बलुडाँडामा शनिबार अपरान्ह र साँझ गरी केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो। सो क्रममा गम्भीर भएका तीन जनालाई थप उपचारका लागि शनिबार राति नै विराटनगरतर्फ पठाइएको थियो।

सुरक्षाकर्मीले चलाएको गोली लागि ‘नो केबलकार पक्षधर’ गम्भीर घाइते भएको मुक्कुमलुङ संघर्ष समितिका संयोजक श्री लिङखिमले बताए। जिल्ला प्रहरी प्रमुख रावलले झडपका क्रममा घाइते नेपाल प्रहरीका ३ र सशस्त्र प्रहरीका ४ गरी ७ जना सुरक्षाकर्मीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

झडपका क्रममा दुवै पक्षका गरी करिब २५ जना घाइते भएको जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्