Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

१३ माघ २०८१, आईतवार १०:०२

१३ माघ, काठमाडौँ। संसद्को हिउँदे अधिवेशन नजिकिएसँगै दलहरूले आन्तरिक तयारी थालेका छन्। सत्तारुढ र प्रतिपक्षी दुवै दलहरूले आन्तरिक तयारीका लागि बैठकहरु बोलाएका छन् ।

हालै सरकारले पाँचवटा अध्यादेश ल्याएको विषयमा कांग्रेसभित्रै विरोध भइरहेकाले सो विषयमा एकमत बनाउन संसदीय दलको बैठक बसेको कांग्रेस नेताहरूले बताएका छन् । आइतबार बैठकमा सबै सांसदहरूलाई अध्यादेशको कपी बाँडेर छलफल सुरु गरिएको छ ।

सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।

यसअघि शनिबार सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र मन्त्रीहरूबीच पनि अध्यादेशबारे छलफल भएको थियो । बैठकमा देउवाले अध्यादेशको विरोध नगर्न निर्देशन दिएका थिए । आइतबार संसदीय दलको बैठकबाट सभापति देउवाले अध्यादेशबारे सबै सांसदहरूको एकै धारणा बनाउन छलफल गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्