Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

१३ माघ २०८१, आईतवार १०:०२

१३ माघ, काठमाडौँ। संसद्को हिउँदे अधिवेशन नजिकिएसँगै दलहरूले आन्तरिक तयारी थालेका छन्। सत्तारुढ र प्रतिपक्षी दुवै दलहरूले आन्तरिक तयारीका लागि बैठकहरु बोलाएका छन् ।

हालै सरकारले पाँचवटा अध्यादेश ल्याएको विषयमा कांग्रेसभित्रै विरोध भइरहेकाले सो विषयमा एकमत बनाउन संसदीय दलको बैठक बसेको कांग्रेस नेताहरूले बताएका छन् । आइतबार बैठकमा सबै सांसदहरूलाई अध्यादेशको कपी बाँडेर छलफल सुरु गरिएको छ ।

सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।

यसअघि शनिबार सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र मन्त्रीहरूबीच पनि अध्यादेशबारे छलफल भएको थियो । बैठकमा देउवाले अध्यादेशको विरोध नगर्न निर्देशन दिएका थिए । आइतबार संसदीय दलको बैठकबाट सभापति देउवाले अध्यादेशबारे सबै सांसदहरूको एकै धारणा बनाउन छलफल गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्