Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

आज ३५ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न,

१३ माघ २०८१, आईतवार १०:१३

१३ माघ, काठमाडौं। टोखा नगरपालिकाले आज ३५ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ।

आजको सफाई अभियान टोखा ३ र बुढानिलकण्ठ ६ को क्षेत्रमा पर्ने विष्णुमती करिडोर क्षेत्रमा सफाई सम्पन्न भएको थियो । सफाई अभियानमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले हरेक टोखाबासीले सफाई गरिदिने हो भने १ महिनामै टोखा सफा हुन्छ।

हामीले अरुलाई सराप्नु गाली गर्ने कार्यले कसैलाई फाइदा गर्दैन। यस अभियानमा सबै जागाै सबै लागाै भनी सरकार, नगरपालिकाले मात्र सम्भव हुन्न, जनताको साथ सहयोग चाहिन्छ, आफू पनि सफाइ गर्ने र अरुलाई पनि गर्न उत्पेरक गर्दा बाताबरणको सफाइ हुन्छ।

टाेखा सफा भए देश सफा हुन्छ यसलाई सबै जनतामा चेतना फैलाउन हामीले हरेक हप्ताको सफाई कार्यक्रम गर्दै आएका छौं । टाेखाका जनताको नदि सफाई अभियानमा सधैं सहभागिता गराउने लक्ष्य लिएका छौं ।

आजको सफाई कार्यक्रममा जनप्रतिनिधि, नगर प्रहरि, सशस्त्र प्रहरि, सामाजिक अभियान्ता, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, लायन्स क्लव अफ काठमाडौं लुनिभा, लायन्स क्लव अफ काठमाडौं आर्शिवाद र सफाईकर्मीहरुको बाक्लो सहभागितामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्