Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आज ३५ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न,

१३ माघ २०८१, आईतवार १०:१३

१३ माघ, काठमाडौं। टोखा नगरपालिकाले आज ३५ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न गरेको छ।

आजको सफाई अभियान टोखा ३ र बुढानिलकण्ठ ६ को क्षेत्रमा पर्ने विष्णुमती करिडोर क्षेत्रमा सफाई सम्पन्न भएको थियो । सफाई अभियानमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले हरेक टोखाबासीले सफाई गरिदिने हो भने १ महिनामै टोखा सफा हुन्छ।

हामीले अरुलाई सराप्नु गाली गर्ने कार्यले कसैलाई फाइदा गर्दैन। यस अभियानमा सबै जागाै सबै लागाै भनी सरकार, नगरपालिकाले मात्र सम्भव हुन्न, जनताको साथ सहयोग चाहिन्छ, आफू पनि सफाइ गर्ने र अरुलाई पनि गर्न उत्पेरक गर्दा बाताबरणको सफाइ हुन्छ।

टाेखा सफा भए देश सफा हुन्छ यसलाई सबै जनतामा चेतना फैलाउन हामीले हरेक हप्ताको सफाई कार्यक्रम गर्दै आएका छौं । टाेखाका जनताको नदि सफाई अभियानमा सधैं सहभागिता गराउने लक्ष्य लिएका छौं ।

आजको सफाई कार्यक्रममा जनप्रतिनिधि, नगर प्रहरि, सशस्त्र प्रहरि, सामाजिक अभियान्ता, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, लायन्स क्लव अफ काठमाडौं लुनिभा, लायन्स क्लव अफ काठमाडौं आर्शिवाद र सफाईकर्मीहरुको बाक्लो सहभागितामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्