Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए

१४ माघ २०८१, सोमबार ०४:०३

१४ माघ, एजेन्सी। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीनवटा छुट्टाछुट्टै कारबाहीमा तीस आतङ्ककारी मारिएको सेनाले शनिबार जनाएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन गरेको एक विज्ञप्तिमा जनाएको छ । लक्की मारवाटमा अपरेशनको क्रममा १८ आतङ्ककारी मारिए र छ जना घाइते भएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ । काराक जिल्लामा अन्य आठ आतङ्ककारी मारिएको आईएसपीआरले जनाएको छ ।

आईएसपीआरका अनुसार कारबाहीमा ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको छ। इलाकामा अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेशन भइरहेको छ । सेना पाकिस्तानबाट आतङ्कवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्