Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

काँग्रेस संसदीय दलको बैठक बस्दै

१४ माघ २०८१, सोमबार ०४:१४

१४ माघ, काठमाडौं। सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने छ ।

आइतबार दिउँसोबाट सुरु भएको बैठक आज पनि संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। बैठकमा संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि छलफल हुनेछ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने निर्णय गरेको कांग्रेसले संसदमा पेस भएका विधेयक तीव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल गरिरहेको छ ।

बैठकमा सांसदहरूले बोल्ने क्रम शुरु हुनेछ । सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्री र नेताहरूले जवाफ दिनेछन् । आगामी माघ १८ गतेदेखि संघीय संसद्को अधिवेशन सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्