Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

काँग्रेस संसदीय दलको बैठक बस्दै

१४ माघ २०८१, सोमबार ०४:१४

१४ माघ, काठमाडौं। सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बस्ने छ ।

आइतबार दिउँसोबाट सुरु भएको बैठक आज पनि संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। बैठकमा संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि छलफल हुनेछ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने निर्णय गरेको कांग्रेसले संसदमा पेस भएका विधेयक तीव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल गरिरहेको छ ।

बैठकमा सांसदहरूले बोल्ने क्रम शुरु हुनेछ । सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्री र नेताहरूले जवाफ दिनेछन् । आगामी माघ १८ गतेदेखि संघीय संसद्को अधिवेशन सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्