Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

कोलम्बियासँग रिसाए ट्रम्प, २५ प्रतिशत शुल्क लगाउने घोषणा

१४ माघ २०८१, सोमबार ०४:२२

१४ माघ, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

ट्रम्पले कोलम्बियाबाट आउने सबै सामानमा २५ प्रतिशत शुल्क तुरुन्त लागू हुने र एक हप्तापछि यो शुल्क ५० प्रतिशतसम्म बढाइने बताएका छन्। जवाफमा कोलम्बियाका राष्ट्रपति पेत्रोले अमेरिकी सामानमा पनि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन्। पेत्रोले कोलम्बियामा १५ हजारभन्दा बढी अमेरिकी अवैध रूपमा बसिरहेको भन्दै उनीहरूलाई ससम्मान फर्काउने बताए।

यो विवादले दुई देश बीचको व्यापारिक सम्बन्धमा गम्भीर असर पार्नेअनुमान गरिएको छ। कोलम्बिया अमेरिकाको प्रमुख व्यापारिक साझेदार हो। त्यहाँबाट अमेरिकामा ठूलो मात्रामा कफी, तेल तथा फूलको आयात हुन्छ। विवादका कारण यी सामानहरूको मूल्य बढ्न सक्ने सम्भावना छ।

यसैबीच, ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडा कदम उठाउँदै अमेरिकी सीमा सुरक्षा कडा बनाउने योजना अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्