Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

कोलम्बियासँग रिसाए ट्रम्प, २५ प्रतिशत शुल्क लगाउने घोषणा

१४ माघ २०८१, सोमबार ०४:२२

१४ माघ, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्।

ट्रम्पले कोलम्बियाबाट आउने सबै सामानमा २५ प्रतिशत शुल्क तुरुन्त लागू हुने र एक हप्तापछि यो शुल्क ५० प्रतिशतसम्म बढाइने बताएका छन्। जवाफमा कोलम्बियाका राष्ट्रपति पेत्रोले अमेरिकी सामानमा पनि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन्। पेत्रोले कोलम्बियामा १५ हजारभन्दा बढी अमेरिकी अवैध रूपमा बसिरहेको भन्दै उनीहरूलाई ससम्मान फर्काउने बताए।

यो विवादले दुई देश बीचको व्यापारिक सम्बन्धमा गम्भीर असर पार्नेअनुमान गरिएको छ। कोलम्बिया अमेरिकाको प्रमुख व्यापारिक साझेदार हो। त्यहाँबाट अमेरिकामा ठूलो मात्रामा कफी, तेल तथा फूलको आयात हुन्छ। विवादका कारण यी सामानहरूको मूल्य बढ्न सक्ने सम्भावना छ।

यसैबीच, ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडा कदम उठाउँदै अमेरिकी सीमा सुरक्षा कडा बनाउने योजना अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्