Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु

१४ माघ २०८१, सोमबार ०४:२५

१४ माघ, एजेन्सी। अफ्रिकी देश नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । दु्घटनामा १० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।

ट्रकको ब्रेक फेल भएको र चालकले नियन्त्रण गुमाएको समाचारमा उल्लेख छ । जसका कारण एक्सप्रेसवेमा ट्रकले करिब १७ सवारी साधनलाई ठक्कर दिएको थियो ।

दक्षिण-पूर्वी राज्य एनुगुको एनुगु-ओनित्शा एक्सप्रेसवेमा दुर्घटना भएको हो । ओगुङबेमिडेका अनुसार पेट्रोल बोकेको ट्याङ्करले नियन्त्रण गुमाउँदा १७ वटा सवारी साधनमा ठोक्किएर आगलागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्