Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

टोखा नगरपालिकामा एच.पि.भि खोपबाट ९ हजार बढी किशोरीहरु प्रत्यक्षरुपमा लावान्वित हुने

१४ माघ २०८१, सोमबार ०९:४६

१४ माघ, काठमाडौँ। टोखा नगरपालिकाले नगर क्षेत्र भित्र एच.पि.भि खोप अभियान सञ्चालन सम्बन्धमा स्थानिय तहका खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू लागि अभिमुखिकरण तथा गोष्ठी सम्पन्न गरेको छ ।

नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा समन्वय समिति तथा सञ्चारकर्मीहरूलाई एच.पि. भि.खोप सेवा सञ्चालनको कार्यनीति तथा पाठेघरको मुखको क्यान्सर रोग निवारण सम्बन्धमा जानकारी गराउँदै अभिमुखिकरण तथा बहस-पैरवी गोष्ठी सम्पन्न भएको थियो ।

आईतबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका प्रवक्ता, विभागीय शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु, वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सर रोग, रोग रोकथामको रणनीति र एच.पि.भि खोप सेवा सञ्चालनका बिषयहरुमा जानकारी गराइएको थियो । साथै टोखा नगरपालिका अन्तर्गत रहेका करीब ९ हजार भन्दा धेरै किशोरीहरुलाई सेवा पुराउने गरि खोप सेवा सञ्चालन गर्न लागेको र सोको कार्यगत योजनाको बारेमा जानकारी गराइएको थियो ।

एच.पि.भि खोप अभियान अन्तर्गत आउँदो माघ २२ गते देखि फाफुन ६ गतेसम्म नगरका सबै विद्यालयहरुमा खोप कार्यक्रम सनञ्चालन हुँदैछ । टोखा नगरपालिका लगाएत देशै भरि नै सञ्चालन हुने विद्यालय केन्द्रित खोप केन्द्रहरुबाट सञ्चालन हुने यो अभियानमा १०-१४ वर्ष उमेर समूहका किशोरीहरु तथा ६-१० कक्षामा अध्ययनरत छात्राहरुलाई खोप सेवा प्रदान गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्