Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

काठमाडौँका सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध

१५ माघ २०८१, मंगलवार ०३:४१

१५ माघ,काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्नेलाइृ कारबाही गर्ने भएको छ। महानगरले सूचना जारी गर्दै महानगरभित्र फोहोर फ्याक्न रोक लगाएको हो।

घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्य भइरहेको भन्दै महानगरले यस्तो कार्यमा रोक लगाएको हो।

काठमाडौँ महानगरपालिकाको वातावरण विभागले आज सार्वजनिक सूचना जारी गर्दै फोहोरमैलाले सहर दुर्गन्धित हुने साथै जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको जनाएको छ। ‘यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजार रुपियाँदेखि पन्ध्र हजार रुपियाँसम्म जरिवाना हुने व्यहोरा सम्बन्धित सबैमा यो सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्