Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

कांग्रेस उपसभापति धनराज गुरुङमाथि कारबाही गर्न निर्देशन

४ आश्विन २०८१, शुक्रबार १४:३३

४ असोज, काठमाडौँ। नेपाली कांग्रेस उपसभापति धनराज गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।

‘सहकारीकै कारण कतिपय सदस्यले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन् । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्ध विच्छेद गरेर एकसाथमै बस्ने गरेको चर्चा छ ।

सहकारी संस्थाका तर्फबाट ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकोमा समितिले त्यस सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’

निजहरूको सम्बन्ध विच्छेदको मिलापत्र फैसला अनुसूची–२३ मा प्रस्तुत गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’

यसअघि समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्