Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गत पहिलो पाक्षिक कार्यतालिका सार्वजनिक

१५ माघ २०८१, मंगलवार ०८:१५

१५ माघ,काठमाडौँ। प्रतिनिधिसभाको हिउँदे अधिवेशन १८ माघदेखि सुरु हुँदै छ । १८ माघदेखि सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिन संसदलाई प्रधानमन्त्री केपी शर्मा ओली, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठक पश्चात् तालिका सार्वजनिक गरिएको हो ।  सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।

यस्तै, माघ महिनामा पाँच दिन संसदीय समितिका बैठक बस्नेछन् । संसदीय समितिका बैठक २०, २१, २२, २३ र ३० माघमा बस्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्