Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्तर्गत पहिलो पाक्षिक कार्यतालिका सार्वजनिक

१५ माघ २०८१, मंगलवार ०८:१५

१५ माघ,काठमाडौँ। प्रतिनिधिसभाको हिउँदे अधिवेशन १८ माघदेखि सुरु हुँदै छ । १८ माघदेखि सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिन संसदलाई प्रधानमन्त्री केपी शर्मा ओली, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठक पश्चात् तालिका सार्वजनिक गरिएको हो ।  सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।

यस्तै, माघ महिनामा पाँच दिन संसदीय समितिका बैठक बस्नेछन् । संसदीय समितिका बैठक २०, २१, २२, २३ र ३० माघमा बस्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्