Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

माओवादी प्रमुख सचेतकले भ्रम फैलाए- प्रमुख सचेतक घिमिरे

१५ माघ २०८१, मंगलवार ०८:२५

१५ माघ,काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अतिरञ्जित तवरले भ्रम फैलाएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे ।

माओवादीका प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए । त्यो विषयको खण्डन गर्दै उनले आफूले बैठकमा संसद्‌मा पेस गरिएका विधेयकलाई कानुनी रूप दिन ढिलाइ भइरहेको बताएको सुनाए । सोही कारण सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटोछरितो रूपमा टुंग्याउनुपर्ने विषय राख्दा अतिरञ्जना गरिएको उनले जिकिर गरे ।

कानुन बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्‍यो, हामीले कानुन बनाउने प्रक्रियालाई गति दिनुपर्‍यो– यो मैले भनेको कुरालाई उहाँ (हितराज पाण्डे)ले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो,” उनले भने ।

कुनै पनि विधेयक संसद्‌मा पेस गरिएको कति दिनभित्रमा कानुनको आकार ग्रहण गर्ने भन्ने निश्चितता र समयसीमा हुनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्