Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

माओवादी प्रमुख सचेतकले भ्रम फैलाए- प्रमुख सचेतक घिमिरे

१५ माघ २०८१, मंगलवार ०८:२५

१५ माघ,काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अतिरञ्जित तवरले भ्रम फैलाएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे ।

माओवादीका प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए । त्यो विषयको खण्डन गर्दै उनले आफूले बैठकमा संसद्‌मा पेस गरिएका विधेयकलाई कानुनी रूप दिन ढिलाइ भइरहेको बताएको सुनाए । सोही कारण सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटोछरितो रूपमा टुंग्याउनुपर्ने विषय राख्दा अतिरञ्जना गरिएको उनले जिकिर गरे ।

कानुन बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्‍यो, हामीले कानुन बनाउने प्रक्रियालाई गति दिनुपर्‍यो– यो मैले भनेको कुरालाई उहाँ (हितराज पाण्डे)ले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो,” उनले भने ।

कुनै पनि विधेयक संसद्‌मा पेस गरिएको कति दिनभित्रमा कानुनको आकार ग्रहण गर्ने भन्ने निश्चितता र समयसीमा हुनुपर्नेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्