Trending
मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन     |     ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री     |     नाट्टा सचिवमा रमेश घिमिरेको उम्मेदवारी, सदस्य–केन्द्रित संस्था निर्माण गर्ने प्रतिबद्धता     |     सुनको मूल्य तोलामा एकैदिन ८ हजारले बढ्यो     |     नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त     |     ‘हेलो सरकार’ को स्तरोन्नति गरिँदै, के छ तयारी ?     |     शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान     |     मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता     |     विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति     |     काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |    
कला र मनोरन्जन

‘एसएसएमबी–२९’: जोन अब्राहमको इन्ट्री

१५ माघ २०८१, मंगलवार ०८:४१

एजेन्सी। अहिले दक्षिण भारतीय अभिनेता महेश बाबु र एसएस राजामौलीको आगामी फिल्म एसएसएमबी २९ को चर्चा जारी छ ।

फिल्मको स्टारकास्टबारे बाहिर आएको जानकारीअनुसार प्रियंका चोपडापछि फिल्ममा अर्का बलिउड कलाकारको इन्ट्री भएको छ । फिल्ममा यस अघि पृथ्वीराज सुकुमारनको चर्चा चलेको थियो ।

फिल्मको स्टारकास्टबारे बाहिर आएको जानकारीअनुसार प्रियंका चोपडापछि फिल्ममा अर्का बलिउड कलाकारको इन्ट्री भएको छ । फिल्ममा यस अघि पृथ्वीराज सुकुमारनको चर्चा चलेको थियो ।

तर अब सो स्थानमा जोन अब्राहम भित्रिएको खबर आएको छ । मिडिया रिपोर्टका अनुसार जोन अब्राहमका कारण पृथ्वीराज सुकुमारन एसएस राजामौलीको फिल्म एसएसएमबी २९ बाट बाहिरिएका छन् । मेकरहरूले उक्त भूमिकाका लागि पृथ्वीराजलाई नै लिन खोजेका थिए । तर अब भने पृथ्वीराजको ठाउँमा जोन अब्राहमलाई लिइएको खबर आएको छ ।

केही दिनअघि फिल्मको छायांकनको लागि महेश बाबुसँगै प्रियंका हैदराबाद पुगेकी थिइन् । फिल्मका लागि प्रियंका चोपडाले जोनसँग पनि हैदराबादमा धेरै दृश्यहरू छायांकन गर्ने बताइएको छ । प्रियंका र महेश बाबुले फिल्ममा आ–आफ्नो भूमिकाको छायांकन सुरु गरिसकेका छन् । जोन पनि चाँडै नै उनीहरूसँग जोडिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्