Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

‘एसएसएमबी–२९’: जोन अब्राहमको इन्ट्री

१५ माघ २०८१, मंगलवार ०८:४१

एजेन्सी। अहिले दक्षिण भारतीय अभिनेता महेश बाबु र एसएस राजामौलीको आगामी फिल्म एसएसएमबी २९ को चर्चा जारी छ ।

फिल्मको स्टारकास्टबारे बाहिर आएको जानकारीअनुसार प्रियंका चोपडापछि फिल्ममा अर्का बलिउड कलाकारको इन्ट्री भएको छ । फिल्ममा यस अघि पृथ्वीराज सुकुमारनको चर्चा चलेको थियो ।

फिल्मको स्टारकास्टबारे बाहिर आएको जानकारीअनुसार प्रियंका चोपडापछि फिल्ममा अर्का बलिउड कलाकारको इन्ट्री भएको छ । फिल्ममा यस अघि पृथ्वीराज सुकुमारनको चर्चा चलेको थियो ।

तर अब सो स्थानमा जोन अब्राहम भित्रिएको खबर आएको छ । मिडिया रिपोर्टका अनुसार जोन अब्राहमका कारण पृथ्वीराज सुकुमारन एसएस राजामौलीको फिल्म एसएसएमबी २९ बाट बाहिरिएका छन् । मेकरहरूले उक्त भूमिकाका लागि पृथ्वीराजलाई नै लिन खोजेका थिए । तर अब भने पृथ्वीराजको ठाउँमा जोन अब्राहमलाई लिइएको खबर आएको छ ।

केही दिनअघि फिल्मको छायांकनको लागि महेश बाबुसँगै प्रियंका हैदराबाद पुगेकी थिइन् । फिल्मका लागि प्रियंका चोपडाले जोनसँग पनि हैदराबादमा धेरै दृश्यहरू छायांकन गर्ने बताइएको छ । प्रियंका र महेश बाबुले फिल्ममा आ–आफ्नो भूमिकाको छायांकन सुरु गरिसकेका छन् । जोन पनि चाँडै नै उनीहरूसँग जोडिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्