Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

१५ माघ २०८१, मंगलवार १३:१६

१५ माघ, काठमाडौँ। अनलाइन (जुवा) सट्टावाजी गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भई काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका-१३ घर भई काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन्। बेटिङ एप्लिकेशन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत Mantra108 नामक वेबसाइट मार्फत जुवा (सट्टावाजी) गर्ने/गराउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने लगायतका गैर कानूनी कार्यहरू भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले हालसम्म २ करोड ४१ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। साथै प्रहरीले उनीहरूको साथबाट नगद ९० हजार रुपैयाँ, मोबाइल ४ थान, कम्प्यूटर सिपियु १ थान, सिमकार्ड ५९ थान, एटीएम कार्ड २७ थान र चेकबुक ७ थान बरामद गरेको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्