Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

महाकुम्भ भागदौडमा १५ जनाको मृत्यु

१६ माघ २०८१, बुधबार ०५:४९

१६ माघ, एजेन्सी। विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् ।

भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो घटना अघि नै दुःखद इतिहास थियो । छ हप्ते यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो मिलन विन्दु हो र बुधबार पवित्र स्नानको दिनमा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरिएको थियो ।

महाकुम्भ मेला आयोजक अखाडा परिषद्का अध्यक्ष रविन्द्र पुरी नयाँ वक्तव्य जारी गर्दै विहान १० बजेबाट अमृत स्नान खुला गरिने जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

महाकुम्भ मेलामा भागदौड मच्चिएपछि भक्तजनहरूले यसको व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। उत्तर प्रदेशस्थित प्रयागराजको संगम किनारमा भएको सो भागदौड पछि घटनास्थलमा मानिसहरूका सामानहरू, लुगाफाटा, कम्बल र झोलाहरू चारैतिर छरिएको देखिएका छन् भने मानिसहरू जताततै निराश देखिन्छन्।

भागदौडमा कति जना घाइते वा मारिए भन्ने बारेमा आधिकारिक जानकारी नआएपनि दैनिक भास्करले १४ शव पोस्टमार्टमका लागि अस्पताल पुर्‍याइएको खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्