Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी

१६ माघ २०८१, बुधबार १०:४८

१६ माघ, काठमाडौँ। समाजवादी मोर्चाको बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो समाजवादी मोर्चाको बैठक बसिरहेको हो। मोर्चामा माअ‍ोवादी केन्द्र, एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी छन्।

जनता समाजवादी पार्टी, नेपाल पनि मोर्चामा आबद्ध भए पनि त्यो पार्टीबाट कुनै पनि नेता बैठकमा सहभागी भएका छैनन्। मोर्चा केही समयदेखि सक्रिय थिएन।संसद अधिवेशन नबोलाइ सरकारले अध्यादेशबाटै शासन गर्न थालेको भन्दै समाजवादी मोर्चालाई सक्रिय तुल्याउन थालिएको नेताहरूले बताएका छन्।

आजै ६ विपक्षी दलहरूको बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्