Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी

१६ माघ २०८१, बुधबार १०:४८

१६ माघ, काठमाडौँ। समाजवादी मोर्चाको बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो समाजवादी मोर्चाको बैठक बसिरहेको हो। मोर्चामा माअ‍ोवादी केन्द्र, एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी छन्।

जनता समाजवादी पार्टी, नेपाल पनि मोर्चामा आबद्ध भए पनि त्यो पार्टीबाट कुनै पनि नेता बैठकमा सहभागी भएका छैनन्। मोर्चा केही समयदेखि सक्रिय थिएन।संसद अधिवेशन नबोलाइ सरकारले अध्यादेशबाटै शासन गर्न थालेको भन्दै समाजवादी मोर्चालाई सक्रिय तुल्याउन थालिएको नेताहरूले बताएका छन्।

आजै ६ विपक्षी दलहरूको बैठक बसेको थियो।

प्रतिक्रिया दिनुहोस्