Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

१४ वर्षअघि डिल्लीबजार कारागारबाट भागेका बुढाथोकी पक्राउ

१६ माघ २०८१, बुधबार ११:००

१६ माघ, काठमाडौँ। डिल्लीबजार कारागारबाट १४ वर्षअघि भागेका कैदी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले केशवराज बुढाथोकीलाई कारागारबाट भागेको १४ वर्षपछि पक्राउ गरेको हो । उनलाई प्रहरीको टोलीले बुधबार बिहान काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

२०६६ सालमा ठगीको आरोपमा पक्राउ परेका उनलाई तीन वर्ष कैद सजाय तोकिएको थियो । उनी ०६७ सालमा कारागारबाट भागेका थिए । प्रहरीको विषेश टोलीले गोप्य सूचनाका आधारमा बुढाथोकीलाई पक्राउ गर्न सफल भएको हो ।

ओखलढुंगाको लिखु गाउँपालिका– २, कुवापानी घर भई हाल काठमाडौँको गोंगबु बस्दै आएका ४५ वर्षीय पेसलराज बुढाथोकी पक्राउ परेका हुन्। कारागारमा उनी नाइके थिए। प्रहरीका अनुसार, नाइकेको सुविधा दुरुपयोग गरी उनी भागेका थिए।

प्रतिक्रिया दिनुहोस्