Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

१४ वर्षअघि डिल्लीबजार कारागारबाट भागेका बुढाथोकी पक्राउ

१६ माघ २०८१, बुधबार ११:००

१६ माघ, काठमाडौँ। डिल्लीबजार कारागारबाट १४ वर्षअघि भागेका कैदी पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले केशवराज बुढाथोकीलाई कारागारबाट भागेको १४ वर्षपछि पक्राउ गरेको हो । उनलाई प्रहरीको टोलीले बुधबार बिहान काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

२०६६ सालमा ठगीको आरोपमा पक्राउ परेका उनलाई तीन वर्ष कैद सजाय तोकिएको थियो । उनी ०६७ सालमा कारागारबाट भागेका थिए । प्रहरीको विषेश टोलीले गोप्य सूचनाका आधारमा बुढाथोकीलाई पक्राउ गर्न सफल भएको हो ।

ओखलढुंगाको लिखु गाउँपालिका– २, कुवापानी घर भई हाल काठमाडौँको गोंगबु बस्दै आएका ४५ वर्षीय पेसलराज बुढाथोकी पक्राउ परेका हुन्। कारागारमा उनी नाइके थिए। प्रहरीका अनुसार, नाइकेको सुविधा दुरुपयोग गरी उनी भागेका थिए।

प्रतिक्रिया दिनुहोस्