Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

शहिद मेमोरियल अस्पतालमा शहिदहरूको सम्झनामा कार्यक्रम आयोजना

१७ माघ २०८१, बिहीबार ०५:४०

काठमाडौँ। शहिद दिवसको अवसर पारेर काठमाडौँको कलंकीमा रहेको शहिद मेमोरियल अस्पतालले शहिदहरूको सम्झनामा विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि पुर्ब प्रदेश प्रमुख मा. सोमनाथ अधिकारी “प्यासी“ थिए ।प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदहरूको सम्झनामा अस्पतालले आफ्नै प्राङ्गणमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको बृहत निशुल्क स्वास्थ्य शिविरमा औषधि समेत निशुल्क बितरण गरिएको थियो ।

अस्पतालका अध्यक्ष प्रा. डा. गुरुङले शहिदहरूको नाम र सम्झनामा स्थापना गरिएको अस्पतालले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७२५ जनालाई जनरल तथा यूरो सर्जरी, पेट तथा कलेजो रोग, मधुमेह तथा थाईराईड रोग, स्त्री तथा प्रसूति रोग, बाल रोग, नाक कान तथा धाॅटी रोग, मुटु रोग, जनरल फिजिसियन, छाला तथा यौनरोग लगायतका बिशेषज्ञ डाक्टरहरू द्वारा स्वास्थ्य प्रशिक्षण गरिनुका साथै औषधि बितरण, महिलाको पाठेघर प्यापस्मेर, ल्याब परीक्षण, भिडियो एक्सरे, पि. एफ. टी, लगायतका अन्य स्वास्थ्य प्ररिक्षण निःशुल्क रुपमा गरिरहेको प्रा. डा. गुरुङले जानकारी गराए ।

उक्त स्बास्थ्य शिबिरमा अस्पतालका प्रबन्ध निर्देशक डा. जितेन्द्र श्रेस्ठले शहिद दिबशको अबसरमा ९२५ जना बिरामीहरूलाई एकै दिन काठमाडौं, धादिङ, मकवानपुर, नुवाकोट लगायतका सेवा ग्राहीहरुलाई बिशेषज्ञ डाक्टर द्वारा चेक जाँच गराई उनिहरूको समस्याको पहिचान गरी निशुल्क उपचार गर्ने पाउदा एउटा डाक्टरले गर्नुपर्ने सामाजिक उत्तरदाईत्व र जिम्मेवारी पुरा गरेको अनुभूति भई आगामी दिनमा यस्ता कार्यक्रम गर्ने थप प्रेरणा मिलेको बताए।

प्रतिक्रिया दिनुहोस्