Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सुमो दुर्घटनामा अमाछोरासहित ३ जनाको मृत्यु

१७ माघ २०८१, बिहीबार ०५:५३

१७ माघ, ओखलढुंगा। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो जीप दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको निधन भएको छ ।

खोटाङबाट घाइते बोकेर काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको जीप गए राति ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित भँडारे खोलामा दुर्घटना भएको हो।

दुर्घटनामा केपिलासगढी गाउँपालिका-३ बासपानीका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाकी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोले जल्दा गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि काठमाडौं लगिँदै थियो। उनी बोकेको जीप सडकबाट करीब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए।

दुर्घटनापछि जीप चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

परिवारजनका अनुसार माघ १६ गते गाउँमा झुक्किएर बोत्तलमा राखिएको पेट्रोल तताउन पुग्दा मायावेदी जलेर गम्भीर घाइते भएकी थिइन्। उनका दुवै खुट्टा जलेको थिए।

प्रतिक्रिया दिनुहोस्