Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
खेलकुद

नेदरल्याण्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

१७ माघ २०८१, बिहीबार ०६:४१

१७ माघ, काठमाडौँ। आजबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच त्रिकोणात्मक महिला टी-२० सिरिज सुरू हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्ध हुने पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन्।

घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो। यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ। सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्