Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

नेदरल्याण्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

१७ माघ २०८१, बिहीबार ०६:४१

१७ माघ, काठमाडौँ। आजबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच त्रिकोणात्मक महिला टी-२० सिरिज सुरू हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्ध हुने पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन्।

घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो। यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ। सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्