Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

पूर्व सांसद साहद्वारा जसपा नेपाल परित्याग

१७ माघ २०८१, बिहीबार ०६:५६

१७ माघ, काठमाडौँ। पूर्वसांसद प्रमोद साहले जनता समाजवादी पार्टी (जसपा) छाडेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमा प्रश्न उठाउँदै साहले राजीनामा दिएका हुन् ।

उनले आफूले सचिव पदमा उमेदवारी दिइसकेपछि अध्यक्ष यादवले चुनाव रोकेर मनोमानी नियुक्ति गरेको र पार्टीलाई एकाधिकारमा चलाइरहेको आरोप लगाएका छन् ।

गएको असारमा प्रदेश राजधानी जनकपुरधाममा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका साहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

साहले २७ वर्षको मधेश केन्द्रीत राजनीतियात्रापछि राजीनामा दिएको बताएका छन् । सर्लाहीमा जसपा नेपालका नेताले एकपछि अर्को गर्दै राजीनामा दिइरहेका छन् । केही दिनअघि मात्रै जिल्ला अध्यक्ष वीरेन्द्र यादवसहित दर्जनौं नेता,कार्यकर्ताले सामूहिकरुपमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्