Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

पूर्व सांसद साहद्वारा जसपा नेपाल परित्याग

१७ माघ २०८१, बिहीबार ०६:५६

१७ माघ, काठमाडौँ। पूर्वसांसद प्रमोद साहले जनता समाजवादी पार्टी (जसपा) छाडेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमा प्रश्न उठाउँदै साहले राजीनामा दिएका हुन् ।

उनले आफूले सचिव पदमा उमेदवारी दिइसकेपछि अध्यक्ष यादवले चुनाव रोकेर मनोमानी नियुक्ति गरेको र पार्टीलाई एकाधिकारमा चलाइरहेको आरोप लगाएका छन् ।

गएको असारमा प्रदेश राजधानी जनकपुरधाममा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका साहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

साहले २७ वर्षको मधेश केन्द्रीत राजनीतियात्रापछि राजीनामा दिएको बताएका छन् । सर्लाहीमा जसपा नेपालका नेताले एकपछि अर्को गर्दै राजीनामा दिइरहेका छन् । केही दिनअघि मात्रै जिल्ला अध्यक्ष वीरेन्द्र यादवसहित दर्जनौं नेता,कार्यकर्ताले सामूहिकरुपमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्