Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

१८ माघ २०८१, शुक्रबार ०३:४४

१८ माघ, काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । बैठक अहिले बिहान नौ बजेपछि संसद् भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

बैठकमा आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

अध्यादेश विवादपछि अन्ततः आज सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसदबाट पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी संसद् रोकेर बदनियतपूर्ण तरिकाले ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । ती अध्यादेश आज संसदमा पेस हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्