Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

त्रिकोणीय महिला टी– २० सिरिजः नेदरल्यान्ड्स र थाइल्यान्डको खेल आज

१८ माघ २०८१, शुक्रबार ०४:०२

१८ माघ, काठमाडौँ। आजको खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डको सामना गर्दैछ । नेदरल्याण्ड्स र थाइल्याण्डबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुदैछ ।

सिरिजमा नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेल खेल्दै गरेको थाइल्याण्ड जितका साथ सिरिज सुरु गर्न चाहन्छ ।बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै विजयी सुरुवात गरेको नेदरल्याड्स थाइल्यान्डविरुद्ध पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल त्रिवि मैदान कीर्तिपुरमा २० रनले पराजित भएको थियो ।

सिरिजमा थाइल्याण्ड र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं‌ र नेदरल्याण्ड्स १६औं स्थानमा छ । नेपाल भने २०औं स्थानमा छ ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्