Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

त्रिकोणीय महिला टी– २० सिरिजः नेदरल्यान्ड्स र थाइल्यान्डको खेल आज

१८ माघ २०८१, शुक्रबार ०४:०२

१८ माघ, काठमाडौँ। आजको खेलमा नेदरल्याण्ड्सले थाइल्याण्डको सामना गर्दैछ । नेदरल्याण्ड्स र थाइल्याण्डबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुदैछ ।

सिरिजमा नेदरल्याण्ड्स लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेल खेल्दै गरेको थाइल्याण्ड जितका साथ सिरिज सुरु गर्न चाहन्छ ।बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै विजयी सुरुवात गरेको नेदरल्याड्स थाइल्यान्डविरुद्ध पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । सिरिजको पहिलो खेलमा नेपाल त्रिवि मैदान कीर्तिपुरमा २० रनले पराजित भएको थियो ।

सिरिजमा थाइल्याण्ड र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि ट्वान्टी आई वरियतामा थाइल्याण्ड १३औं‌ र नेदरल्याण्ड्स १६औं स्थानमा छ । नेपाल भने २०औं स्थानमा छ ।

सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्