Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

कांग्रेस संसदीय दलको बैठक स्थगित

१८ माघ २०८१, शुक्रबार ०७:००

१८ माघ, काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको अर्को बैठक माघ २४ गते बस्ने भएको छ । आज बसेको बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएपछि फेरि अर्को बैठक डाकिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले भने,’ आजको बैठकमा बोल्ने क्रम सकिएन । २४ गते संसद बैठक हुन्छ । त्यही दिन बिहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।’ उनका अनुसार बैठकमा सांसदहरूको बोल्ने क्रम सकिएको छ भने अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूको बाँकी छ ।

डा. शशांक, डा. नारायण खड्काले पार्टीको महाधिवेशन पछि गर्दा हुन्छ । ०८४ पछाडि गर्दा पनि हुन्छ भनेर राख्नुभयो’, एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको बैठकमा स्थनीय चुनाव संघीय चुनाव भन्दा पछाडि गर्नुपर्ने र यसका लागि आवश्यक परे संविधानमै लेख्नुपर्ने पनि कांग्रेस नेताहरूले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्