Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : सभापति देउवा

१८ माघ २०८१, शुक्रबार ०९:५२

१८ माघ, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार १७ गते भएको सात बुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।

कांग्रेस-एमाले सरकारले राजनीतिक स्थिरता दिएको समेत उनले दाबी गरे । शुक्रबार प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै देउवाले ७ बुँदे सहमतिअनुसार संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

‘कांग्रेस-एमालेबीच ७ बुँदे सहमति भएर सरकार गठन भएको हो । ७ बुँदे कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ,’ देउवाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीपछि संसद्‌मा बोलेका देउवाले सरकारले राम्रो काम गरिरहेको र भविष्यमा अझ राम्रो काम गर्ने विश्वास लिएको बताए ।

उनले कुनै पनि सरकारको समग्र ६ महिनाको समय पर्याप्त नभएको उल्लेख गर्दै आगामी दिनमा असल परिणाम देखिने अनुभूति गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्