Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सात बुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : सभापति देउवा

१८ माघ २०८१, शुक्रबार ०९:५२

१८ माघ, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार १७ गते भएको सात बुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।

कांग्रेस-एमाले सरकारले राजनीतिक स्थिरता दिएको समेत उनले दाबी गरे । शुक्रबार प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्दै देउवाले ७ बुँदे सहमतिअनुसार संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

‘कांग्रेस-एमालेबीच ७ बुँदे सहमति भएर सरकार गठन भएको हो । ७ बुँदे कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ,’ देउवाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीपछि संसद्‌मा बोलेका देउवाले सरकारले राम्रो काम गरिरहेको र भविष्यमा अझ राम्रो काम गर्ने विश्वास लिएको बताए ।

उनले कुनै पनि सरकारको समग्र ६ महिनाको समय पर्याप्त नभएको उल्लेख गर्दै आगामी दिनमा असल परिणाम देखिने अनुभूति गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्