Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

कसैसँग दम छ भने मैले भ्रष्टाचार गरेको प्रमाण ल्याइयोस् -प्रधानमन्त्री ओली

१८ माघ २०८१, शुक्रबार १०:०९

१८ माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूले बजारमा भ्रम फैलाएको गुनासो गरेका छन् ।

शुक्रवारबाट सुरु भएको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले अध्यादेशको विरोध भएको तर्फ सङ्केत गर्दै सरकारले अध्यादेश ल्याए पनि त्यो ६० दिनभित्र पास हुनुपर्ने प्रावधान रहेको सम्झाएका थिए।

त्यस्तै आफू र परिवारका सदस्यले भ्रष्टाचार गरेको भनेर कपोलकल्पित तरिकाले भ्रम फैलाइएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘दुनियाँको अघि उभिएर भन्न चाहन्छु । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै मात्रामा, कुनै पनि ठाउँमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् । सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु । प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ ।

सरकार गल्ती गर्दैछ भनेर । तर चरित्र हत्या गर्ने गर्न लागि यस्ता झुठा, कपोकल्पित, निराधार हुनै नसक्ने अफवाह फैलाउनु यो संसदीय प्रणाली, लोकतान्त्रिक प्रणाली र हाम्रो राजनीतिक दलहरूको मर्यादा गरिमाविपरीत छ ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्