Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

टी-२० क्रिकेट: नेदल्याण्ड्समाथि थाइल्याण्डको जित

१८ माघ २०८१, शुक्रबार १०:२५

१८ माघ, काठमाडौं। काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेटमा थाइल्यान्डले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको हो । नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्याण्डको लागि नन्नापत कोन्चारोएनकाईले अर्धशतकीय पारी खेलिन् । ५० बलमा ५ चौका प्रहार गर्दै कोन्चारोएनकाई ५६ रनमा अविजित रहिन् ।

अफिसारा सुवान्चोनराथीले २८ रन बनाइन् । नाथाकान चान्थाम भने २३ रनमा अविजित रहिन् । नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङ र क्यारोलिन डे लैङ्गले १-१ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्