Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

टी-२० क्रिकेट: नेदल्याण्ड्समाथि थाइल्याण्डको जित

१८ माघ २०८१, शुक्रबार १०:२५

१८ माघ, काठमाडौं। काठमाडौंमा जारी त्रिदेशीय महिला टी-२० क्रिकेटमा थाइल्यान्डले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको हो । नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

थाइल्याण्डको लागि नन्नापत कोन्चारोएनकाईले अर्धशतकीय पारी खेलिन् । ५० बलमा ५ चौका प्रहार गर्दै कोन्चारोएनकाई ५६ रनमा अविजित रहिन् ।

अफिसारा सुवान्चोनराथीले २८ रन बनाइन् । नाथाकान चान्थाम भने २३ रनमा अविजित रहिन् । नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङ र क्यारोलिन डे लैङ्गले १-१ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्