Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अमेरिकाको घातक हवाई दुर्घटनामा ६७ जनाकै मृत्यु

१८ माघ २०८१, शुक्रबार १०:३८

१८ माघ, एजेन्सी। आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

बुधबार राति रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमानको मार्गमा हेलिकप्टर उडेपछि पोटोमाक नदीको चिसो पानीबाट कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए ।

विमानस्थल वासिङ्टनबाट नदीपारि छ । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस पत्रकार सम्मेलनमा कोही पनि जीवित नबचेको बताए ।

‘अब हामी उद्धार कार्यबाट शव निकाल्ने कार्यमा रूपान्तरण भइरहेका छौँ’, राजधानीका दमकल प्रमुख जोन डोनेलीले भने ह्वाइट हाउस र क्यापिटलको दक्षिणमा तीन माइल (लगभग ४.८ किलोमिटर) भन्दा बढी विश्वको सबैभन्दा कडा नियन्त्रण र निगरानी गरिएको एयरस्पेसमा राति ९ बजेभन्दा पहिले दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्