Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

किक बक्सिङ टोली भारत प्रस्थान

१८ माघ २०८१, शुक्रबार ११:२२

१८ माघ,काठमाडौं। चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

फेब्रुअरी १ देखि ५ तारिखसम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा दिवान्स श्रेष्ठ छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया दिनुहोस्