Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत फेला

१९ माघ २०८१, शनिबार ०४:३६

१८ माघ,कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन् ।

शनिबार बिहान सडकपेटीमा कलौनीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर घोप्टो अवस्थामा बिहान ८ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।

घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। अनुसन्धानका तालिमप्राप्त कुकुर मगाएको जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्