Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

हमासले आज थप ३ बन्दी रिहा गर्ने

१९ माघ २०८१, शनिबार ०४:४३

१८ माघ,एजेन्सी। हमासले शनिबार तीनजना बन्धक रिहा गर्दैछ।

यो साता हमासले दोस्रो पटक बन्धक रिहा गर्न लागेको हो। हमासले बन्धकमुक्त गर्नेको सूची शुक्रबार नै कतार र इजिप्टमार्फत इसराइललाई दिइसकेको छ।

यसपटक बन्धकमुक्त हुने तीन जना पुरूष छन्। टाइम्स अफ इसराइलका अनुसार ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस छन्। इसराइली अधिकारीहरूले उनीहरू बन्धकमुक्त हुन लागेको खबर उनीहरूका परिवारलाई दिइसकेको छ।

हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन । जसमा  इजरायली नागरिक यार्डन र  किथ सिगेलको नाम उल्लेख छ । आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्