Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

हमासले आज थप ३ बन्दी रिहा गर्ने

१९ माघ २०८१, शनिबार ०४:४३

१८ माघ,एजेन्सी। हमासले शनिबार तीनजना बन्धक रिहा गर्दैछ।

यो साता हमासले दोस्रो पटक बन्धक रिहा गर्न लागेको हो। हमासले बन्धकमुक्त गर्नेको सूची शुक्रबार नै कतार र इजिप्टमार्फत इसराइललाई दिइसकेको छ।

यसपटक बन्धकमुक्त हुने तीन जना पुरूष छन्। टाइम्स अफ इसराइलका अनुसार ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस छन्। इसराइली अधिकारीहरूले उनीहरू बन्धकमुक्त हुन लागेको खबर उनीहरूका परिवारलाई दिइसकेको छ।

हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन । जसमा  इजरायली नागरिक यार्डन र  किथ सिगेलको नाम उल्लेख छ । आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्