Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अमेरिकामा पुन: अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

१९ माघ २०८१, शनिबार ०४:५३

१८ माघ, एजेन्सी। अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। विमानमा ६ जना सवार रहेकोमा सबैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो । बिस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन् भने वरपर रहेको घर र गाडीमा आगोलागी भएको छ ।

उक्त विमानमा चालकदलका चार सदस्यसहित एक नाबालक बिरामी र उनकी आमा रहेका थिए । सो विमान उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट प्रस्थान गरेपछि सो दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

जहाजमा सवार सबै ६ जना मेक्सिकोका नागरिक भएको बताइएको छ। विमान मिसौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थल जाँदै थियो। गत बुधबार मात्र अमेरिको वासिङटन डिसीस्थित रोनाल्ड रेगन नेशनल विमानस्थल नजिक यात्रुवाहक विमान र सैन्य हेलिकप्टर आपसमा ठोक्किंदा ६७ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्