Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

१९ माघ २०८१, शनिबार ०८:२५

१९ माघ, काठमाडौं। महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको हो । नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन् ।

कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । थाइल्याण्डका लागि थिपाचा पुत्थावोङले तीन तथा फनिता माया र नत्तया बुछाथामले २–२ र चनिदा सुतेरुआङले एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्