Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

गगनको दाबीः ‘२०८४ को निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुन्छ’

१९ माघ २०८१, शनिबार ०९:०३

१९ माघ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमो महाधिवेशन २०८४ को चुनावअघि नै गर्नुपर्ने र त्यसको कुनै विकल्प नभएको बताएका छन्।

आज (शनिबार) काठमाडौं महानगर–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको पछाडि सार्न नसकिने बताएका हुन् । उनले महाधिवेशनको मितिबारे कुनै कन्फ्यूज नहुन आग्रह गरे ।

केही नेताहरुले २०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर बोलिरहेको स्मरण गराउँदै त्यसो गर्न नमिल्ने बताए । २०८४ को निर्वाचनअघि नै महाधिवेशन हुने उनले ठोकुवा गरे ।

त्यस्तै, महामन्त्री थापाले पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई राम्रो अंकल ल्याउने गरी काम गर्न आग्रह गरे । आफैं सत्तामा भएर यो भएन, त्यो भएन भन्न नमिल्ने उनको भनाइ छ । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र सरकारमा सहभागी मन्त्रीहरुलाई ०८४ मा गरौंला भनेर नपर्खिन र परिणाममुखी काममा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्