Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

गगनको दाबीः ‘२०८४ को निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुन्छ’

१९ माघ २०८१, शनिबार ०९:०३

१९ माघ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमो महाधिवेशन २०८४ को चुनावअघि नै गर्नुपर्ने र त्यसको कुनै विकल्प नभएको बताएका छन्।

आज (शनिबार) काठमाडौं महानगर–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले महाधिवेशनको पछाडि सार्न नसकिने बताएका हुन् । उनले महाधिवेशनको मितिबारे कुनै कन्फ्यूज नहुन आग्रह गरे ।

केही नेताहरुले २०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर बोलिरहेको स्मरण गराउँदै त्यसो गर्न नमिल्ने बताए । २०८४ को निर्वाचनअघि नै महाधिवेशन हुने उनले ठोकुवा गरे ।

त्यस्तै, महामन्त्री थापाले पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई राम्रो अंकल ल्याउने गरी काम गर्न आग्रह गरे । आफैं सत्तामा भएर यो भएन, त्यो भएन भन्न नमिल्ने उनको भनाइ छ । उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र सरकारमा सहभागी मन्त्रीहरुलाई ०८४ मा गरौंला भनेर नपर्खिन र परिणाममुखी काममा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्