Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

२० माघ २०८१, आईतवार ०३:११

२० माघ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको छ ।

आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यले अध्यक्ष यादवद्वारा प्रस्तुत एजेन्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा जसपा नेपालले गत भदौदेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेन्डा बनाएको छ ।

त्यस्तै, सरकारले ल्याएको अध्यादेश, मधेस केन्द्रित दलबीचको मोर्चा, नो केबलकार आन्दोलन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित रहेको बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्