Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

खार्तुममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु

२० माघ २०८१, आईतवार ०३:३०

२० माघ,काठमाडौँ। सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन् ।

सुडानको नियमित सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०२३ अप्रिलदेखि सत्ताका लागि लडिरहेका छन् । यो महिना सेनाले राजधानी खार्तुम र यसका सबै भगिनी शहरहरू ओमदुरमान र खार्तुम नर्थ कब्जा गर्न कारबाहीलाई सशक्त बनाएको छ ।

ओमदुरमानको व्यस्त बजारमा आरएसएफले शनिबार गरेको गोलाबारीमा ५४ जनाको मृत्यु भएको एक मेडिकल स्रोतले एएफपीलाई जानकारी दिएको छ । ‘तरकारी बजारको बीचमा विस्फोटक गोला प्रहार भएको थियो । पीडित र घाइतेको सङ्ख्या सङ्कलन भइरहेको र कतिपय घाइतेलाई आफन्तले विभिन्न अस्पतालमा लगेका कारण पीडित र घाइतेको सङ्ख्या थप बढ्न सक्ने अनुमान गरिएको छ,’ प्रत्यक्षदर्शी एक घाइते व्यक्तिले एएफपीलाई बताए ।

स्थानीय सङ्कटकालीन सेवा (इआरआर) का अनुसार खार्तुमको नाइल नदीमा आरएसएफको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् । आरएसएफले शनिबारलगायतका आक्रमणमा ड्रोनको प्रयोग गरेको भए पनि नियमित सशस्त्र बलका लडाकु विमानले हवाई आक्रमणमा एकाधिकार कायम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्