Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

५ आश्विन २०८१, शनिबार ०१:३८

५ असोज, काठमाडौँ। काठमाडौँ महानगरपालिकाबाट सरुवा भएर जानुभएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज प्रमुख बालेन्द्र शाह (बालेन) लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएका छन्।

महानगरमा ७ महिना २५ दिन प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारले ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएर बिदाइ लिएका हुन् ।

मन्त्रिपरिषद्‌ बैठकले परियारलाई २०८० माघ ३ गते काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो । मेयर शाहले नै प्रमुख प्रशासकीय अधिकृतमा परियारको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए । त्यसअघि परियार राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

आज सभा कक्षमा प्रशासन विभागले आयोजना गरेको विदाइमा बोल्दै परियारले, नेतृत्वको नीतिलाई सफल बनाउन महानगरपालिकाका कर्मचारीहरुमा प्रवल क्षमता रहेको उल्लेख गरे।

‘नेतृत्वलाई सफल बनाउँदा कर्मचारी स्वतः सफल होइन्छ। कार्य सम्पादनका क्रममा यो सोच राखेर काम गर्नुपर्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा छ। यसलाई प्रभावकारी कार्यान्वयनमा लैजानु प्रगति बढ्दै जानेछ।’

उनले आफ्नो कार्यकालका सम्झना योग्य कामका बारेमा चर्चा गर्दै भने, ‘बितेका ५ वर्षमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च भयो। एकीकृत सेवा प्रवाहका लागि एकल सेवा केन्द्र सञ्चालनमा आयो। विद्युतीय शासन प्रणालीहरु परिष्कृत गरिए। यी सबै कामलाई संस्थागत अभिलेखन गरेर हस्तान्तरण गरेको छु।’

प्रतिक्रिया दिनुहोस्