Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

५ आश्विन २०८१, शनिबार ०१:३८

५ असोज, काठमाडौँ। काठमाडौँ महानगरपालिकाबाट सरुवा भएर जानुभएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज प्रमुख बालेन्द्र शाह (बालेन) लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएका छन्।

महानगरमा ७ महिना २५ दिन प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारले ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएर बिदाइ लिएका हुन् ।

मन्त्रिपरिषद्‌ बैठकले परियारलाई २०८० माघ ३ गते काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो । मेयर शाहले नै प्रमुख प्रशासकीय अधिकृतमा परियारको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए । त्यसअघि परियार राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

आज सभा कक्षमा प्रशासन विभागले आयोजना गरेको विदाइमा बोल्दै परियारले, नेतृत्वको नीतिलाई सफल बनाउन महानगरपालिकाका कर्मचारीहरुमा प्रवल क्षमता रहेको उल्लेख गरे।

‘नेतृत्वलाई सफल बनाउँदा कर्मचारी स्वतः सफल होइन्छ। कार्य सम्पादनका क्रममा यो सोच राखेर काम गर्नुपर्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा छ। यसलाई प्रभावकारी कार्यान्वयनमा लैजानु प्रगति बढ्दै जानेछ।’

उनले आफ्नो कार्यकालका सम्झना योग्य कामका बारेमा चर्चा गर्दै भने, ‘बितेका ५ वर्षमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च भयो। एकीकृत सेवा प्रवाहका लागि एकल सेवा केन्द्र सञ्चालनमा आयो। विद्युतीय शासन प्रणालीहरु परिष्कृत गरिए। यी सबै कामलाई संस्थागत अभिलेखन गरेर हस्तान्तरण गरेको छु।’

प्रतिक्रिया दिनुहोस्