Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

महिला टी–२० शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

२० माघ २०८१, आईतवार १०:४८

२० माघ, काठमाडौँ। महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको तेस्रो खेल पनि नेपालले गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो।

शृंखलामा नेदरल्यान्ड्ससँग नेपालको यो दोस्रो हार हो। शनिबार सम्पन्न खेलमा नेपाललाई थाइल्यान्डले पराजित गरेको थियो। नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रनमात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले ३० रन बनाउँदा सम्झना खड्काले २३ रन बनाइन्। त्यस्तै, कविता जोशीले १४ रन बनाउँदा पूजा महतोले १८ रनको योगदान दिएकी थिइन्। सीता राना मगर १० रनमा अविजित फर्किएकी थिइन्।

नेदरल्यान्ड्सका लागि आइरिस ज्विलिङ्ग, कारोलिना डि लिङ र हाथर साइगर्सले २-२ विकेट लिए। त्यस्तै, इसाबेल भान डर वेनिङ र एभा ल्यान्चले समान १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्