Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

हत्या आरोपमा एकजना पक्राउ

२० माघ २०८१, आईतवार ११:०१

२० माघ, रसुवा। उत्तरगया गाउँपालिका-१ घर भई सोही गाउँपालिका-५ बोगटिटार बस्ने ६० वर्षीय प्लेक्ता तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका-५ बोगटिटार बस्ने ४३ वर्षीय बिचारी तामाङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्