Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

२० माघ २०८१, आईतवार ११:१२

२० माघ, बाँके। बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन्। यो वर्ष गरिएको चरा गणनाको नतिजाअनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन्।

राप्तिसोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ति नदीबाट सुरु गरिएको गणना तथा सर्वेक्षणमा थप ३२ प्रजातिका चरा भेटिएका चरा संरक्षणकर्मी आशिष चौधरीले जानकारी दिए।

‘जिल्लास्थित राप्ती नदीको कुसुमबाट अगैया क्षेत्र र विभिन्न ताल एवं नदीमा जलचर चराको गणना तथा सर्वेक्षण गर्दा यो वर्ष ३२ प्रजातिका थप चरा भेटिएका हुन्,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ चराको सङ्ख्या बढेको छ।’

चौधरीले कान्तितालमा हिउँदे आगन्तुक पानी चरा २० प्रजाति र जिल्लाभरि ३२ प्रजातिका भेटिएका जानकारी दिए। जलचरा संरक्षणका लागि सिमसार नदीनालाको संरक्षण र अन्य पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाउन सके चराको सङ्ख्या थप वृद्धि हुने उनको भनाइ छ।

चराविद् राम शाहीले पानी चराको बासस्थान र संरक्षणको अवस्थाका बारेमा विस्तृतमा सूचना तथा जानकारी प्राप्त हुने भएकाले चरा गणना गरिएको बताए। उनले बाँकेको राप्तीनदी तटिय क्षेत्र, सुतैया ताल, कान्तितालमा सिलसिले हाँस र जल कौवासँगै अन्य वकुला प्रजातिका चराका लागि बासस्थान सुरक्षित रहेको जानकारी दिए।

‘जलमा बस्ने चरा प्रजाति सुरक्षित तब हुन्छन् जब उनीहरूले बास गर्ने जलाशय सफा र स्वच्छ हुन्छ,’ शाहीले भने, ‘यो वर्ष अघिल्लो वर्षको तुलनामा तालतलैया सफा भएकाले सिलसिले हाँस र जल कौवाको सङ्ख्या बढेको हो।’ ती चखेवासहित साइबेरियन र रसियाबाट नेपाल फर्केका चरा रहेका उनले जानकारी दिए।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले जलचर चराहरूको गणनाबाट यो वर्ष थप ३२ चरा प्रजातिका चराको सङ्ख्यामा वृद्धि भएको बताए। चराको मुख्य बासस्थानका रूपमा रहेको राप्तीनदी र कान्तिताललगायत जलाशय क्षेत्रमा मानवीय गतिविधि र प्रदूषण रोकथान गरेसँगै सङ्ख्या वृद्धि भएको उनको भनाइ छ।

कान्तिताल महत्वपूर्ण सिमसार भएको बताउँदै चरा संरक्षण क्षेत्रका रूपमा यसलाई विकसित गर्नुपर्नेमा उनले जोड दिए। बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले यो वर्षको हिँउदे मौसममा गरिएको चरा गणना र सर्वेक्षणमा नयाँ र चाख लाग्दा चरा भेटिएका बताए। उनले राप्तीनदीको आसपास क्षेत्र, स्थानीय वन, कान्तिताल र सुतैया तालमा आगामी वर्ष चराको सङ्ख्या वृद्धि गर्न उनीहरूको बासस्थानलाई सफा र सुरक्षित राख्न विशेष योजना बनाइने जानकारी दिए।

बर्सेनि हुने सर्वेक्षण तथा गणनाबाट चराको बासस्थान व्यवस्थापनका लागि अपनाउनुपर्ने उपायका बारेमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। बर्दियामा पनि चराको सर्वेक्षण तथा गणना सकिएको छ। रैथाने चराको गणना हुन बाँकी रहेको चरा संरक्षणकर्मी चौधरीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्